राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेपछि साेमबार २ बजेसम्मका लागि स्थगित

 चैत ३, २०७५ आइतबार १७:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । 

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको हो ।

गएकाे बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेश आन्दोलनसम्बन्धी  जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए । लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गर्नुभएको थियो ।

आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,  ‘यो सरकार संसदबाट बनेको हाे कि होइन थाहै हुँदैन । यो संसद मातहत सरकार हो कि होइन ?संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठूलो हो । संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिलेसम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौ । हामीले संसद अवरोध गर्छौ ।’

त्यसपछि सभामुख महराले साेमबार २ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएकाे घाेषणा गर्नुभयाे ।

 

 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया