विप्लवमाथि प्रतिबन्ध लगाएकाेमा आँसु नझार्न कांग्रेसलाई प्रधानमन्त्री ओलीकाे आग्रह

 चैत ३, २०७५ आइतबार २०:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ बाेल्दै उहाँले बम पडकाउने, आतंक फैल्याउने लगायतका अपराधिक गतिविधि गरेकाले याे समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयाे, 'यस्ता गतिविधिमा संलग्न समूहलाई प्रतिबन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी भन्नेहरुको रुवाबासी किन ?'

प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताउनुभयो । उहाँले फरक प्रसंगमा मन्त्रीमण्डल हेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पार्नुभयो ।

‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन’, प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो ।

 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया