सीके राउतको पार्टीको नाम फेरियो, ‘जनमत पार्टी’ का रुपमा निर्वाचन आयोगमा दर्ता हुने

 चैत ४, २०७५ सोमबार १६:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले पार्टीको नाम फेरेर ‘जनमत पार्टी’ राखेको छ । 

सिरहा लहानमा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जनाइएको छ । 

भेलाले गएको फागुन २४ गते गठबन्धन र सरकारबीच भएको सहमतिलाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । केन्द्रीय भेलाले नागरिकको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ़ने निर्णय गरेको छ ।

त्यस्तै भेलाले पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रिप) बीचमा बीचको सेतो स्ट्रिपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ ।

पार्टीको लोगोको रुपमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ । पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ । 

त्यस्तै पार्टीको चुनाव चिन्हमा ‘अष्टदल’ लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने भेलाले निर्णय गरेको छ ।

केन्द्रीय भेलाले पार्टीको लागि ३५सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिने निर्णय गरेको छ । 

‘जनमत पार्टी’ को गठनसँगै जनमत जुटाउन नागरिकसमक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै नागरिकको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय भेलाले गरेका निर्णयहरु

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया