कुवेतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज कुवेत जाँदै

 चैत ५, २०७५ मंगलबार ८:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मार्च २१ तारिखमा कुवेतविरूद्दको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टाेली मंगलबार कुवेत प्रस्थान गर्देछ । राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रूपमा नेपाल आएका योहान कालीनले साेझै २३ सदस्यीय नेपाली टोली छनोट गरेका थिए । 

राष्ट्रिय टिममा रहेका मुख्य खेलाडी यू–२३ च्याम्पियनसिपको छनोटमा भएकाले प्रशिक्षकले नयाँ खेलाडीलाई मौका दिएका हुन् । यसपटक टिममा आशिष लामा पहिलोपटक क्याम्पमा परेका छन् भने टंक बस्नेत, अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, रवि पासवान, राष्ट्रिय टोलीमा कमब्याक गरेका छन् ।

तर टिमका मुख्य खेलाडी मानिएका अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल ६ खेलाडी टिममा हुने छैनन् । चोटका कारण मैदान बाहिर रहेका विक्रम लामा, रञ्जित धिमाल, रन्जन विष्ट र सुमन लामा पनि टिममा फर्किएका छन् । कुवेतविरूद्दको मैत्रीपुर्ण खेल नेपाली प्रशिक्षक योहान कालीनका लागि पहिलो खेल हुनेछ ।

यस्ताे छ नेपाली टिमः

गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सुरज विक, रवि सिलवाल,विराज महर्जन, देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्जिलत धिमाल, सरोज दाहाल

मिडफिल्डरः सुमन लामा, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, रवि पासवान, टंक बस्नेत

फरवार्डः आशिष लामा, भरत खवास, नवयुग श्रेष्ठ, रन्जन विष्ट र विमल राना
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया