ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – फिल्म यात्रा 'अ म्युजिकल भ्लग' टिमले मंगलबार रङ्गहरुको पर्व होलीकाे प्रि-सेलिब्रेशन गरेको छ ।
चैत २९ गते रिलिज हुने फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ युनिटले एक-आपसमा रङ लगाएर होली मनाएका हाे ।
यस चलचित्रका अभिनेता सलिनमान बनियाँसँगै डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् ।
होलीलाई प्रि सेलिब्रेट गरेको यात्रा टिमले आउँदो बुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होली मनाउने गर्ने पनि जनाएको छ । नयाँ बानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए । ‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छाैँ', उनले भने ।
यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिनमान पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाई मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छुँ’ उनले भने, ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउँदैछु, विभिन्न स्थानमा पुग्दैछु ।’
फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धी राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।
यस फिल्ममा विदेशी कलाकारहरु चीनका जुनझाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बाल कलाकारको रुपमा पछिल्लो समय यूट्यूब चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।