कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – अफ्रिकी देश टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका विभिन्न १६४ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोउ क्पाएदोले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको जनाउनु भएको हो ।
न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगमा भएको कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जनाएका छन् ।
शुक्रबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराइएको छ ।
पश्चिम अफ्रिकी देश टोगोको राजधानी लोम हो । टोगोको पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो पर्दछ । सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएपछि टोगो संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुद्र थापा मगर
March 23, 2019, 5:36 p.m.संख्या मात्र बढेर के गर्नु भएका संग सम्बन्ध सुमधुर चाहिँ हुनु पर्छ कि पर्दैन ???