रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इलाम– इलाम जिल्लाको इलाम नगरपालिकामा १५ लाखको लगानीमा साँस्कृतिक संग्राहलय बन्ने भएको छ ।
सदरमुकाममा रहेको राणाकालीन दरबारलाई साँस्कृतिक संग्राहलय बनाउने भन्दै नगरपालिकाले नगद १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयाे ।
नेपाल सरकारले सदरमुकाममा रहेको ऐतिहासिक दरबार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि साँस्कृतिक संग्रहालयको रुपमा विकास गरिने निर्णय भएको हो । यसअघि त्यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो ।
प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारको भवन प्रयोगविहीन अवस्थामा छ । यही प्रयोगविहीन अवस्थामा रहेको भवनलाई अब ऐतिहासिक संग्रहालयको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ । संग्रहालय निर्माणका लागि आवश्यक बजेट भने आउँदाे आर्थिक वर्ष सुरु भएपछि मात्र विनियोजन गर्ने नगरपालिकाको भनाइ छ ।
जीर्ण अवस्थामा रहेको याे दरबार वि.सं. १९२० को दशकमा बनेको इतिहासविद् युद्दप्रसाद बैद्यले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइँ गजराजसिङ थापाको कार्यकालमा याे दरबार बनेको बताइएको छ ।
बडाहाकिम थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबारको बनावट यस क्षेत्रमा रहेका घरहरु भन्दा फरक छ । मर्मत सम्हारपछि यस संग्राहलयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरु, बजागाजा, विभिन्न जातिका भेषभुषा, भाँडा-वर्तन लगायतका सामग्री राखिनेछ ।
अरनिको संग्रहालयमा रहेका सामग्रीहरुसमेत इलामको साँस्कृतिक संग्रहालयमा राख्ने योजना तय भएको छ । अरनीको संग्राहलयका सामग्री नगरपालिकामा रहेको माईस्थान मन्दिरमा राखिएको थियो । अहिले भने संग्राहलयमा रहेका केही सामान भने हराइसकेको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
इलाममा रहेको नेपालकै दोस्रो कंक्रिट भवन भत्काएर प्रमुख जिल्ला अधिकारीको आवास बनाइएको छ । जिल्ला प्रहरी कार्यालय रहेको इलामको पहिलो प्रशासनिक भवन समेत केही वर्ष अघि नै भत्काइएको थियो । जिल्ला प्रहरी कार्यालय रहेको भवन समेत भत्काएर नयाँ भवन निर्माण गरिएको छ ।
स्थानीयका परम्परागत शैलीमा बनेका घरहरु समेत भत्काएर नयाँ शैलीका घर बनाइने क्रम बढेर गएको छ ।
पुराना कला सीप जीवित राख्नका लागि पुराना शैलीमा बनाइएको दरबारलाई साँस्कृतिक संग्रहालय बनाउँदा इतिहासका सम्झना जीवित रहने बताइएको छ । याे संग्राहलय निर्माणपछि भविष्यमा पर्यटन आकर्षणको केन्द्र समेत हुने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।