च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गर्नु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले भौगोलिक कठिनाई भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।
उहाँले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।
उहाँले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गर्दै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गोरख
June 27, 2018, 6:50 a.m.कुरा होइन काम गरेर देखाउनुस मन्त्री ।बोल्ने बेलामा पूरा गर्न सक्छु कि सक्दिन भनेर सोचेर बोल्नुस अनि मात्र केही गर्न सकिन्छ/