कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको विध्वंसात्मक गतिविधिलाई राज्यले जसरी पनि नियन्त्रणमा लिने बताउनुभएको छ ।
विप्लव समूहले लुट र हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने दावी गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विध्वंस गर्दै आएको विप्लव समूहलाई पटक-पटक वार्ताका लागि आह्वान गर्दा पनि अटेर गरेकाले बाध्य भएर उसको गतिविधिमा प्रतिबन्ध लगाएर नियन्त्रण गर्नमा राज्य लागेको बताउनुभयो ।
अझै पनि सरकारले उनीहरुलाई समय दिएको भन्दै दिइएको समयमा हतियार बुझाएर ध्वंस छाड्न आग्रह गर्नुभयो ।
सरकारले दिएको समयमा नबुझाए उनीहरुबाट हतियार कसरी लिनुपर्छ सरकारलाई राम्रोसँग जानकारी रहेको पनि उहाँले बताउनुभयो । ‘हतियार बुझाउन समय दिएका छौँ । लुरुलुरु बुझाउन आए हुन्छ’ उहाँले भन्नुभयो, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’
साथै उहाँले ध्वंस छाडेर शान्तिपूर्ण रुपमा अवतरण नभए राज्यले नियन्त्रणमा लिएर कारबाही गरेरै छाड्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।