कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – चौतर्फी दबाबपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ ।
चैत १६ गते एसईई परीक्षा परेको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा अवरोध नगरिदिन अनुरोध गरेकाले बन्द फिर्ता लिइएको पार्टीका महासचिव विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै त्यसै दिन कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको चुनाव पनि परेकाले चैत १६ गतेका लागि आह्वान गरिएको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
विप्लव समूहले केही दिनअघि एसईई परीक्षालाई असर नपर्ने गरी शनिबारका दिन नेपाल बन्दको कार्यक्रम राखेको थियो । तर एसईई परीक्षा शनिबार पनि रहेको भने उसले हेक्कै राखेन ।
एसईई र बन्दको कार्यक्रम घोषणामा झुक्किए विप्लव
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।