कर्मचारी समायोजनको काम सकिएको सरकारको घोषणा

 चैत १४, २०७५ बिहीबार १३:३:८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – सरकारले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छोटो समयमा नै संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गर्न सरकार सफल भएको बताउनुभयो । 

आफ्नो एक वर्षे कार्यकालमा कर्मचारी समायोजन सक्नु जस्तो चुनौतिपूर्ण काम आफूले सम्पन्न गराएको भन्दै उहाँले अब कर्मचारी अभावको गुनासो आउन नदिने गरि काम भइरहेको बताउनुभयो । 

सरकारले लिएको सुखी र समृद्ध नेपालको अभियान अनुरुप मन्त्रालयले काम अघि बढाइरहेको उहाँले बताउनुभयो ।

उहाँले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताउनु भयो ।

सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताउनु भयो । 

अब लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताउनु भयो ।

कति समायोजन  

पत्रकार सम्मेलनमा समायोजनमा गएका कर्मचारीको विवरण समायोजन महासाखाका प्रमुख केदारप्रसाद पनेरुले प्रस्तुत गर्नुभएको छ । जसमध्ये संघमा स्वीकृत भएको ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ जना समायोजन भएर गएको बताउनुभयो । 

यस्तै प्रदेशतर्फ २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन गएको स्थानीय तर्फ ६६ हजार ९ सय ८ मध्ये निजामतिबाट ३१ हजार ४३ जनाको समायोजन बताउनुभयो ।

यसमध्ये साविकका स्थानीय तहका १० हजार ५ सय ४०, साविकका जिविसबाट १ हजार २ सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरि १२ हजार ९७ जनाको पनि समायोजन गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया