चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महोत्तरी – भारतमा हुन लागेको लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइने भएको छ ।
बिहारको सीतामढीमा बसेको नेपाल भारत दुवै देशका सुरक्षा अधिकारीको बैठकले चुनाव अवधिभर सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।
चुनावका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि दुईतर्फी आवतजावत पनि बन्द गर्ने निर्णय भएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
आउँदो अप्रिलदेखि विभिन्न सात चरणमा गरेर लोकसभाको चुनाव हुँदै छ । अप्रिल ११, १८, २३, २९ तथा मे ६, १२ र २९ तारिख गरी सात चरणमा बिहार लगायत भारतभर चुनाव हुँदै छ ।
बिहारमा लोकसभाको ४० सिटमा चुनाव हुनेछ ।
बैठकमा नेपाल तर्फबाट प्रदेश २ का सीमा जोडिएका जिल्लाहरु महोत्तरी, सर्लाही, रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको सहभागी रहेको थियो भने भारतीय पक्षबाट बिहार राज्य सितामढी जिल्लाका डीएम रन्जीत कुमार सिंह .लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।
लोकसभा चुनावको नतिजा मे २३ मा आइसक्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।