नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
नाइजेरियाविरुद्ध अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेपछि ढलेका अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाले आफू ठिक भएको बताएका छन् ।
नाइजेरिया र अर्जेन्टिनाबीचको खेलमा ८६ औँ मिनेटसम्म एक–एकको बराबरी चलेको थियो । तर खेलको ८६ औँ मिनेटमा मार्कस रोहोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अन्त्यमा त्यही गोल नै निर्णायक गोल भयो । त्यही गोलले अर्जेन्टिनालाई नकआउट चरणमा पुर्यायाे।
तर अर्जेन्टिनाको दोस्रो गोलमा अर्जेन्टिनाका समर्थक खुसीले पागल नै भएका थिए । त्यसै क्रममा अर्जेन्टिनी लिजेण्ड म्याराडोना जुरुक्कै उठेर खुसी मनाइरहेका थिए । तर उनले आफूलाई सम्हाल्न सकेनन् । उनी खुसी मनाउँदा मनाउँदै लड्खडाएका थिए । त्यसो त उनी नाइजेरियाले बराबरी गोल गरेपछि म्याराडोनाको आँखामा आँसु देखिन्थ्यो ।
तर रोहोको गोलको खुसीमा उनी सम्हालिन सकेनन् । तुरुन्तै उनलाई प्यारामेडिकल टिमले जाँच गरेको थियो । उनलाई सेन्ट पिटर्सबर्गबाट उपचारका लागि मस्को लगिएको बीबीसीले जनाएको छ । म्याराडोनाले इन्स्टाग्राममा मेडिकल स्टाफसँगको फोटो पोस्ट गर्दै आफू ठिक भएको बताएका छन् । आफूलाई खेल हेर्ने क्रममा घाँटी दुखेकाले गाह्रो भएको पनि उनले स्पष्ट पारेका छन् ।
म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेलेका छन् । उनले अर्जेन्टिनाका लागि ३४ गोल गरेका छन् । सन् १९८६ मा उनले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले सन् १९८२, १९८६ र १९९४ को विश्वकपमा गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।