मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
काठमाण्डाै - संगीतकार तथा गायक वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसको स्क्रिनशटलाई बसन्तले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै अग्रजलाई सम्मान गर्न सुझाव दिएका छन् ।
खासमा गायिका समीक्षा अधिकारीको विषयलाई लिएर दुई संगीतकारबीच विवाद उत्पन्न भएको हो । टंकले आफ्नो युट्युब च्यानलमा समिक्षाको एक भिडियो अपलोड गरेका छन्, जसमा उनले समीक्षा पहिलो पटक आफूसँग काम गर्न आएको र आफ्नो संगीतमा पहिलो काम गरेको उल्लेख गरेका छन् । यो सँगै उनले समीक्षाले गीत गाए बापत् पारिश्रमिक पाएर खुशी भएको पनि उक्त भिडियोमा उल्लेख गरेका छन् ।
टंकले फेसबुकमा लेखेका छन्, “नमस्कार । हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी स्टुडियो नायन (९) सम्म आइपुग्नु भएको छ र मेरो सङ्गीतको पहिलो काम गराएकु छु । नानीलाई हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु ।”
टंक बुढाथोकीसँग काम गर्दै समीक्षा, काम गरेको पैसा पाउँदा खुशी
टंकको उक्त स्ट्याटसप्रति आपत्ति जनाउँदै संगीतकार वसन्त सापकोटाले अग्रजलाई सम्मान गर्न सिक्न टंकलाई सुझाएका छन् । एक स्ट्याटस लेख्दै सापकोटाले समीक्षाको यसअघि नै नाई नभन्नु ल ५ को गीत बालापनको उमेर बोलको गीत सबैतिर चर्चित भइसकेको बताएका छन् । उनले सबैको मायाले समीक्षा अघि बढिरहेको बेला प्रेरणा देखाउन खोजेको आरोप लागाएका छन् ।
वसन्तले टंकको स्ट्याटसमा आपत्ति जनाउँदै लेखेका छन्, “टंक भाइ अग्रजहरुको सम्मान गर्न सीकौं ल, समीक्षाको पहिलो गीत चलचित्र नाई नभन्नु ल ५ को गीत बालपनको ऊमेर सबैतिर चर्चित भइसकेको र सबैको प्रेरणाले नानी अगाडि बढिरहेको अवस्थामा यो काम त सूर्यलाई हत्केलाले छोप्न खोजेजस्तो भएन र ? कि भाइ अर्कै दुनियाँबाट आउनु भएको हो । तपाईंको यो लेखाइले तपाईंको उचाइ कम गराउँछ । यसले न समीक्षालाई फरक पर्छ न मलाई फरक पर्छ ।”
फेसबुकमा लेखेको उक्त स्ट्याटसले यतिबेला टंक बुढाथोकी आलोचित भएका छन् । धेरैले टंकको उक्त स्टाटसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।