धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
यूएई – दुबई अस्पताल । साताै तल्लाको ७१० नम्बर कोठा । यही कोठाको एउटा बेडमा मृत्युसँग संघर्ष गरिरहनुभएको छ, काभ्रे माझीफेदी ७ की कमला गिरी । १२ वर्ष पहिले श्रीमानसँगै काम गर्न आएकी कमला परदेशमा थलिएको डेढ महिना भयो ।
गएको फागुन १ गते अस्पताल भर्ना भएकी कमलाको एक महिनासम्म होश थिएन । एक महिनासम्म मुढोझैं भएकी कमलाको अहिले होश खुलेको छ । ल्युकेमिया ब्लड क्यान्सर रोगले गलेकी कमलाको उपचारमा पैसा नहुँदा समस्या भएको छ ।
एक महिनासम्म आईसीयूम कक्षमा उपचार गराएपछि अहिले कमलालाई सामान्य वार्डमा सारिएको छ । जीवनका हरेक क्षणमा सँगै रहने भन्दै १२ वर्षअघि काम खोज्दै कमला र विमल यूएई आउनु भएको हो ।
श्रीमान् एउटा कम्पनीमा सेल्सम्यानको रुपमा काम गर्नुहुन्छ । कमला पनि श्रीमानको स्पोन्सर भिसामा रहेर कहिले सेल्स् र क्यासियरका रुपमा काम गर्नुहुन्थ्यो ।
चार वर्ष पहिले छोरी जन्मिएपछि उनको हेरविचार गर्नुपर्ने भएकोले कमलाले काम गर्न छोड्नु भएको थियो । श्रीमान विमलको कमाइले दुःखसुख गुजारा चलिरहेकै थियो ।
गएको माघ २६ गते कमलालाई सामान्य ज्वरो आयो । विमलले नजिकैको मेडिकलबाट ज्वरोको औषधी ल्याएर खुवाउनुभयो । स्वास्थ्यमा सुधार नभएपछि दुबईको इरानी अस्पताल जानुभयो कमला ।
विमल काममा भएकाले एउटै तलामा बस्ने साथीको सहारामा कमला अस्पताल पुग्नुभएको थियो । तर अवस्था झन् झन् कमजोर हुँदै गएकोले माघ २८ गते वरदुबईको अल रफा अस्पताल लगियो । स्वास्थ्य रिपोर्टमा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो ।
निजी अस्पतालमा उपचार गराउँदा खर्चले धान्न नसक्ने बुझेर कमलालाई दुबई रशिद अस्पताल पुर्याइयो । तर अस्पतालले क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा लैजान भन्यो ।
फागुन १ गते डेरा दुबईमा रहेको दुबई अस्पतालमा कमलालाई भर्ना गरियो । त्यही दिनदेखि कमला बेहोस हुनुभएको हो । एक महिनासम्म आईसीयु कक्षमा राखेर उहाँको उपचार भयो । स्वास्थ्यमा सामान्य सुधार हुन थालेपछि अहिले सामान्य वार्डमा सारिएको छ ।
कमलाको उपचारमा अहिलेसम्म ४ लाख दिर्हाम खर्च भइसकेकोे श्रीमान् विमलले बताउनुभयो । झन्डै दुई महिना यता अस्पतालको शैयामा लडिरहेकी कमलाको झण्डै ३ लाख दिर्हामको बिल उठेको छ । तर तिर्न सक्नु भएको छैन ।
श्रीमती अस्पतालमा भर्ना भएदेखि विमल काममा जान पनि पाउनुभएको छैन । चार वर्षीया छोरीको पढाई पनि रोकियो । कमलाको उपचारमा दैनिक ४५ सय दिर्हाम खर्च हुन्छ ।
‘अहिले डाक्टरले औषधी लेखेर दिन्छन्, बाहिर किन्न जान पर्छ,’ विमल भन्नुहुन्छ, ‘साथीभाइको सहयोगले औषधी त जुटाइरहेको छु तर बेड चार्ज, स्वास्थ्य परीक्षण, के के हो के के कसरी धान्नु ।’आमा बिरामी भएदेखि छोरीको आँखा ओभाएका छैनन् । छोरीलाई एक्लै घरमा छाडेर अस्पताल धाउन पनि समस्या छ विमललाई ।
६ पटक किमो गराउनुपर्ने डाक्टरले बताएका छन् । तीनपटक किमो भइसकेको छ । एकपटक गर्दा ७ हजार दिर्हाम खर्च हुन्छ । विमल भन्नुहुन्छ, ‘मसँग त एक रुपैयाँ पनि छैन, सबै सकियो, यूएईमा रहेका नेपाली समाजसँग सहयोग त मागेको छु, तर कसरी के गर्ने भनेर सोच्न सकेको छैन ।’
डेढ महिना पहिले कमलाको अवस्थाका बारेमा पहिलो पटक उज्यालोमा समाचार प्रकाशन भएपछि नेपाली दूतावास यूएईले चासो देखाएको थियो । श्रम काउन्सिलर भेषबहादुर कार्कीले परिवारसँग सम्पर्क गर्नुभएको थियो ।
बिरामीको खर्च मिनाहाका लागि सम्बन्धित अस्पतालाई दूतावासले पत्र लेखेको थियो । परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन पत्रमार्फत अनुरोध गरेको दूतावासले जनाएको छ ।
दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र बुझेको छैन । ‘दूतावासले लेखेको पत्र मेरो गोजीमा छ, अस्पतालमा बुझाउन पाएको छैन,’ विमलले भन्नुभयो ।
यसबारेमा थप जानकारी लिने र आवश्यक पहल गर्ने दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँलले बताउनुभयो । आवश्यक परे सोमबार बिरामीलाई भेट्न दूतावास प्रतिनिधि अस्पताल जाने वा आधिकारिक पत्राचार गर्ने उहाँले जानकारी दिनुभयो ।
कमलाको उपचारमा सहयोग गर्न यहाँ कार्यरत नेपालीलाई सामुहिक आह्वान गरिएको छ । आबुधाबीमा दुई दिनमा झण्डै दुई हजार दिर्हाम संकलन भइसकेको यूएईमा कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
यस्तै सम्बन्धित जिल्ला समाज, संघसंस्था तथा व्यक्तिहरुले समेत बिरामीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पैसा नहुँदा दुबई अस्पतालमा १० दिनदेखि अचेत कमलाको उपचारमा समस्या
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।