नेपालले जलवायु वित्तमा पहुँच बढाउन आवश्यक
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - अभिनेत्री प्रियंका कार्कीले निर्देशनमा डेब्यू गरेकी छिन् । बाल गायिका आयुष्का खनियाँको शिरैमा शिरफूल बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।
अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । पहिलो निर्देशनको बारेमा बोल्दै उनले भनिन्, ‘अभिनय र निर्देशन दुवै काममा ध्यान दिनु पर्दा केही गाह्रो भएपनि टिमका सबै जनाले सहयोग गर्दा केही सहज भयो ।’
यस म्युजिक भिडियोबाट काममा आफ्नो हौसला अझ बढेको उनको भनाइ छ । अभिनेता जोशीले आफ्नो मान्छेको निर्देशनमा काम गर्दा सहज भएको बताए । ‘आफ्नो मान्छेको गाली नै खाए पनि आफ्नै लाग्ने,’, उनले भने ।
लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । गीतको सम्पादन भने किसोर थापाले गरेका हुन् ।
काठमाण्डौको भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन भएको म्युजिक भिडियोको सम्पादक अर्जुन जिसी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।