रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
न्युकासल युनाइटेडलाई पराजित गरी आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । यसक्रममा उसले म्यानचेस्टर युनाइटेड र उत्तरी लण्डनको प्रतिस्पर्धी टोटनह्यामलाई पछि पारेको छ ।
घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । एरोन राम्से र लाकाजेट्टेले गोल गरेका थिए ।
३०औं मिनेटमा राम्सेले करिब १५ यार्डबाट प्रहार गरेको ग्रास शट उत्कृष्ट गोलमा परिणत भएको थियो । त्यसअघि उनले एउटा अवसर खेर फालेका थिए ।
८३औं मिनेटमा अलेजान्द्रे लाकाजेट्टेले न्युकाशलको रक्षापंक्ति तोड्दै गोल गर्न सफल भए । जुन निर्णायक बन्यो ।
न्युकाशलका लागि सोलोमोन रोन्डोनले पाएको उत्कृष्ट अवसर आर्सनलका गोलरक्षक बन्र्ड लेनोले असफल पारिदिएका थिए । उनको लो शट लेनोले क्लियर गरेका थिए ।
फेब्रअरीको सुरुआतसम्म आर्सनल लिगमा टोटनह्यामसँग १० अंकले पछि थियो । तर, अहिले टोटनह्यामलाई उसले २ अंकले पछि छाडेको छ । लिगमा ७ खेल बाँकी रहँदा युनाइटेड र टोटनह्यामलाई पछि छाडेको छ ।
आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ । समान खेलबाट टोटनह्याम र युनाइटेडको समान ६१ अंक छ । गोलअन्तरका आधारमा युनाइटेड पछि छ ।
लिगको शीर्ष स्थानमा ७९ अंकसहित लिभरपुल छ । उसले ३२ खेल खेलेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७७ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।