फ्राइडे रिलिज : प्रदीप र जसिताको ‘लभ स्टेशन’ प्रदर्शनमा

 चैत २२, २०७५ शुक्रबार ११:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत आजदेखि चलचित्र लभ स्टेशन प्रदर्शनमा आएको छ । चलचित्र लभस्टेशनलाई यस वर्षका प्रतिक्षित चलचित्रहरु मध्यको एक मानिएको छ । चलचित्रको व्यापारमा आएको खडेरीलाई केही हदसम्म ‘लभ स्टेशन’ले लयमा ल्याउने आश धेरैलाई छ । एकल रिलिजको अवसरको फाइदासमेत चलचित्र ‘लभ स्टेशन’लाई मिलेको छ ।

चलचित्र निर्माण युनिटले ‘लभ स्टेशन’ हेर्नका लागि अग्रिम टिकटको व्यवस्थासमेत गरेको थियो । चलचित्रको टिकट बुकिङ पनि उच्च रहेको निर्देशक उज्वल घिमिरेले बताए । चलचित्रले काठमाण्डौका मल्टिप्लेक्स तथा सिंगल हलमा धेरै शो पाएको छ । चलचित्रले राजधानीमा सर्वाधिक १९ शो पाएको छ । यो भुवन केसीको चलचित्र क्याप्टेनको भन्दा धेरै हो । चलचित्र क्याप्टेनले राजधानीका मल्टिप्लेक्स हलमा जम्मा १७ शो पाएको थियो ।

यस चलचित्रका २ वटा गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रलभ स्टेशन सांगीतिक लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र लभ स्टेशनमा अभिनेता प्रदीप खड्काको पनि लगानी रहेको बताइएको छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ ।

चलचित्रको निर्देशन निर्देशक उज्जवल घिमिरेले गरेका हुन् । चलचित्रको  निर्माण गोविन्द शाहीले गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

प्रदीप र जसिताको अलावा चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोललगायतको अभिनय रहेको छ । 

चलचित्र लभ स्टेशन काफिया फिल्मसको व्यानरमा निर्माण गरिएको हो । काफिया शाही र कविर विक्रम शाही चलचित्रको निर्माता हुन् ।

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया