दार्चुलामा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सात जनामध्ये छ ...
कात्तिक ३०, २०८१ शुक्रबार
सर्लाही - जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाकाे ज्यान गएको छ ।
बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शाैच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट ज्यान गएको हो ।
को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डीएसपी प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।
ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । परीक्षणपछि मृतकको शव आफन्तले बुझेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।