पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
चितवन – जाडो मौसम शुरू भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम शुरू भएको छ । चितवनका तीन वटा खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायतका देशबाट चराहरू आएका हुन् ।
नेपाल पक्षीविद् सङ्घ बाग्मती प्रदेशका संयोजक वासु बिडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० वटाभन्दा बढी प्रजातिका चरा आएका छन् । उहाँले भन्नुभयो, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।’
चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँसलगायतका चराहरू आएका संयाेजक बिडारीले बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चराहरू हेर्न आउने गरेका उहाँको भनाइ छ । विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चराहरू आउने गरेका उहाँले जानकारी दिनुभयो । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातिका चार यहाँ आउने गरेका उहाँको भनाइ छ । अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् ।
गर्मी मौसम शुरू भएसँगै यी चराहरू फर्कने गर्दन् । तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चराहरू नेपाल आउने गरेका नेपाल पक्षीविद् सङ्घ बाग्मती प्रदेशका संयोजक वासु बिडारीले जानकारी दिनुभयो । अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उहाँले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।