अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायतका शुभकार्यमा सालको पातको दुना र टपरीको प्रयोग गर्ने प्रचलन छ । तर पछिल्लो समय दुना, टपरीको प्रयोग शहरबजारमा मात्र नभइ गाउँघरबाटै हराउँदै गएको छ ।
प्लास्टिकको भाँडाको प्रयोग बढेसँगै सालको पातको दुना, टपरीको प्रयोग हराउँदै गएको लमजुङ अकलाकी मधुुकुमारी कुवँरले बताउनुभयो । ‘केही दशक अघि गाउँमा बिहे, पूजा–आजा हुँदा दिदीबहिनीहरु मिलेर डोको लिएर जङ्गलमा गइन्थ्यो । सालको बोटलाई पूजा गरी सालको पात टिपेर ल्याइ बाँसको सिन्काले सालको पातको दुना, टपरी गाँसिन्थ्यो,’ ६१ वर्षीय कुवँरले भन्नुभयो ।
उहाँका अनुसार बिहेमा भतेर दुना, टपरीमै बाँडिन्थ्यो । पूजाआजामा प्रसाद यसैमा बाँडिन्थ्यो । अहिले त यसको चलन हराउँदो छ । उहाँले ८ वर्षकै उमेरमा आमाबाट दुना, टपरी गाँस्न सिक्नुभएको हो ।
सालको पातको दुना, टपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो–छरितोको लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दो रहेको अकलाकै शशीकला कार्कीले बताउनुभयो । ‘पात टिप्न जंगल जानुपर्याे । बाँसको सिन्का बनाएर दुना, टपरी गाँस्नुपर्याे, समय लाग्छ । त्यसैले पनि छिटो–छरितोको लागि अहिले प्लास्टिकका भाँडाको प्रयोग बढेको हो,’ उहाँले भन्नुभयो ।
सालको पातको दुना, टपरी बुन्नु, शुभकार्यमा यसको प्रयोग गर्नु नेपाली मौलिक सँस्कृति रहेको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी मञ्जु ढकाल बताउनुहुन्छ । ‘यसको आफ्नै धार्मिक एवम् साँस्कृतिक महत्व छ । दुना, टपरीको प्रयोग स्वास्थ्यको लागि पनि राम्रो छ ।
समूहमा मिलेर पात टिप्दा, दुना टपरी गाँस्दा दिदीबहिनीमा मित्रता बढ्छ । प्लास्टिकको भाँडा किन्ने पैसा समेत जोगिन्छ,’ दुना, टपरीको प्रयोगको फाइदाबारे उहाँले भन्नुभयो, ‘प्रयोगपछि यसलाई व्यवस्थापन गर्न पनि सजिलो छ । प्रयोगपछि मलखादमा राखेर मल बनाउन सकिन्छ । यसले वातावरणलाई पनि हानी पुर्याउँदैन ।’
दुना, टपरी बुन्न र यसको प्रयोग बढाउन नयाँ पुस्ता जुट्नुपर्ने पुरानो पुस्ता बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।