महिला बेचबिखनको आरोपमा चारजना पक्राउ

 असार १४, २०७५ बिहीबार १६:२४:४ | विमल बिष्ट
unn.prixa.net

डोटी – महिला बेचबिखन गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा डीएसपी लालबहादुर धामीका अनुसार डोटीको बोगटान गाउँपालिका–६, बस्ने वर्ष २३ को वीरेन्द्र बम, सोही ठाउँ बस्ने वर्ष २२ को खडग चन्द, वर्ष २० को सुरेन्द्र बम तथा शिखर नगरपालिका–५, तिल्ताली बस्ने गाडी चालक वर्ष २० को दिपेश नेपाली रहेका छन् ।

गएको एक वर्षदेखी जुम्ला घर भएकी एकजना महिलासँग वीरेन्द्र बमले फेसबुक तथा फोनमा कुराकानी गर्ने गरेको र केही दिन पहिले बिहे गर्छु भनेर निजको घर जुम्ला गई केटीलाई डोटीको दिपायलस्थित एक होटेलमा ल्याएको र पछि बमले खडक चन्दलाई ती महिलालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

महिलाले चन्दसँग जान नमान्दा चन्दले, ‘मैले बमलाई पैसा दिएको छु, तिमी मेरी हौ’ भनेर जबरजस्ती गर्न खाजेपछि आफू बेचिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन । महिलाको उजुरीको आधारमा चार जनालाई पक्राउ गरेको गरिएको प्रहरी प्रवक्ता तथा डीएसपी धामीले बताउनुभयो ।

आफूलाई वीरेन्द्रले बेचबिखन गरेको भन्दै ती महिलाले किटानी उजुरी गरेपछि वीरेन्द्र बम र ‘केटी किनको हुँ’ भन्ने खडक चन्द र उनका साथमा गएका गाडी चालक तिल्तालीका दिपेश नेपाली, सहयोगी सुरेन्द्र बमलाई प्रहरीले हिरासतमा राखेको छ ।

डीएसपी धामीका अनुसार पक्राउ परेका चारै जनाको नाममा मानव बेचबिखन अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ । पीडित भनिएकी महिला डोटीको सिलगढीस्थित अल्पकालीन सेवासँगको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले महिला लिन जुम्ला लगिएको से १ च १४९७ नम्बरको महिन्द्रा बोलेरो जीप समेत नियन्त्रणमा लिएको छ ।
 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • gagan bam

    June 30, 2018, 4:22 p.m.

    EKdamai galat ho testo garne lai kada punished garnu parxa . So testo ghatana future ma controle hos. Thank u

  •  0 Reply

तपाईको प्रतिक्रिया