नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
दक्षिण अमेरिकी राष्ट्र काेलम्बियलार्इ हराएर सनसनी मच्चाएकाे जापान दाेस्राे चरणमा पुग्नकाे लागि विहीबार साँझ अंककाे खाता खाेल्न नसकेकाे पाेल्याण्डसँग खेल्दैछ ।
जापानले बराबरी खेले पनि दाेस्राे चरण प्रवेश गर्ने पक्कापक्की छ भने पाेल्याण्ड जतिसुकै भारी गाेलले हराए पनि दाेस्राे चरण प्रवेश गर्न सक्दैन । उसका लागि याे खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
पोल्याण्डका रोबर्ट लेवाण्डोस्कीको अहिलेसम्मको प्रदर्शन बिर्सनलायक रह्यो ।
कम दबाबमा हुने आजको खेलमा उनी गोल गर्न प्रयासरत हुनेछन्, किनभने करिअरको अन्त्यतिर रहेका उनी विश्वकपमा कम्तिमा एक गोल गर्न चाहन्छन् ।
साउथह्याम्प्टनका माया योसिदा लेवाण्डोस्कीलाई रोक्नका लागि सबैभन्दा उपयुक्त हुन सक्छन् । लेवाण्डोस्कीलाई रोक्नु उनका लागि प्रतियोगिताकै अहिलेसम्मको कठिन परीक्षा हुनसक्छ ।
सेनेगलविरुद्धको कमजोर प्रदर्शनका लागि मिलिकलाई कोलम्बियाविरुद्धको खेलमा बेञ्चमै सीमित गरियो । त्यसो गर्नु पोल्याण्डको भलाईका लागि भने थिएन ।
उनै स्ट्राइकर मिलिक आजको खेलमा टिममा आउन सक्छन् ।
– जापानले पोल्याण्डसँग अहिलेसम्म खेलेका २ खेलमा दुवैमा जित हासिल गरेको छ । सन् १९९६ मा ५–० को जित हासिल गरेको जापानले २००२ मा २–० ले हराएको थियो ।
– जापानले युरोपेली प्रतिस्पर्धीविरुद्ध खेलेका पछिल्ला ५ विश्वकप खेलमध्ये ४ वटामा गोल गर्न सकेको छैन । अन्तिम पटक उसले सन् २०१० मा डेनमार्कलाई ३–१ ले हराएको थियो ।
– पोल्याण्डले यसअघि एशियाली प्रतिस्पर्धीसँग विश्वकपमा एकपटक मात्र खेलेको छ । सन् २००२ मा उसले दक्षिण कोरियासँग २–० को पराजय ब्यहोरेको थियो ।
– ताकासी इनुईले जापानका लागि पछिल्लो ३ खेलमा ३ गोल गरेका छन् । उनले जापानका लागि त्यसअघि खेलेका २६ खेलमा २ गोल मात्र गरेका थिए ।
– सन् १९८६ को विश्वकपपछि पोल्याण्ड अहिलेसम्म विश्वकपको समूह चरणका खेलेको तीनओटै खेलमा पराजित भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।