च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं, जेठ ३ – आज बेलुकासम्म एमाले–माओवादी पार्टी एकताले वैधानिक रुपमै पूर्णता पाउने पक्का भएको छ ।
भर्खरै सम्पन्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।
अहिले बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक बसिरहेको छ । त्यस्तै प्रचण्ड निवास खुमलटारमा माओवादी सचिवालय बैठक बस्दैछ । त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बालुवाटारमा बस्नेछ । त्यसपछि निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ विधिवत रुपमा दर्ता हुनेछ । त्यसपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन हुनेछ ।
सबै प्रक्रिया सकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ७ सय जनाले खाना खाने गरी क्याटरिङको व्यवस्था गरिएको छ । जसमा नयाँ पार्टीका ४४१ जना केन्द्रीय सदस्य तथा अन्य शुभचिन्तक रहने बताइएको छ । अहिले बालुवाटारमा कार्की क्याटरिङले पार्टीको लागि तयारी गरिरहेको छ । त्यस्तै पार्टी एकता भएकाे खुशीयालीमा बालुवाटारलाई झिलिमिली बनाउने तयारी गरिएकाे छ । बालुवाटार परिसरमा बत्ती राख्ने काम भैरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।