ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
धादिङ - हेटौँडाकाे वृद्धाश्रममा अलपत्र पर्नुभएकी धादिङको गल्छी गाउँपालिका-४, की सीता अधिकारीलाई साेमबार परिवारका सदस्यहरुले भेटेका छन् ।
सीता अधिकारी आश्रममा अलपत्र परेको र आश्रममलाई परिवारले उपलब्ध गराउने शुल्क नपाएको विषयमा उज्यालो अनलाइनमा ‘कमाउन छाडेपछि आफन्तले नै वृद्धाश्रम पुर्याए’ शिर्षकमा समाचार प्रकाशन भएकाे थियाे ।
१८ महिनाअघि हेटौँडाकाे श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रमा राखिएकाे र आश्रममलाई नियमित दिनुपर्ने पैसा नदिएको भन्ने तथ्य समाचारमार्फत बाहिरिएपछि सोमबार सीता अधिकारीका छोराहरु बाबुराम, शम्भु र रामचन्द्र अधिकारीले आश्रममा पुगेर आमासँग भेटघाट गरेको आश्रमले जनाएको छ ।
आश्रमलाई ०७६ असारसम्म तिर्नुपर्ने रकम तिरेको र आमाका लागि नियमित रुपमा परिवारले भेटघाट गर्ने प्रतिबद्धता जनाएको गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो ।
वृद्ध आमाको नाममा सरकारले दिने सामाजिक सुरक्षा भत्ता उहाँको हातमा पर्नेगरी उपलब्ध गराउने, बिरामी पर्दा उपचार गराउन, उहाँले चाहेको बेला घरमा ल्याएर राख्ने वातावरण मिलाउन र वडा कार्यालयसमेत लागिपरेको गल्छी गाउँपलिका-४ का वडाध्यक्ष राजु अधिकारीले बताउनुभयो ।
वृद्धाश्रममा रहनुभएकी आमालाई घर ल्याउन आफूहरु आश्रम पुगेको र घर फर्कन आमाले नमानेपछि आश्रमलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित आफूहरु फर्केको सीता अधिकारीका छोरा रामचन्द्र अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।