चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महोत्तरी - नेपाल विद्युत प्राधिकरण गौशाला शाखाका कर्मचारीहरुले घरपरिवारलाई साक्षी राख्दै काम गर्ने समयमा सुरक्षा एवम सचेत भई काम गर्ने कसम खाएका छन् ।
विद्युत सुरक्षा दिवसको अवसरमा मंगलबार बिहान ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युत सदुपयोग गरौँ’ मूल नाराका विद्युत सुरक्षा दिवस मनाइएको हो ।
कार्यक्रमका अवसरमा कार्यालयमा कार्यरत १ सय २५ जना कर्मचारीहरुले सामूहिक रुपमा अबदेखि काम गर्ने समयमा आवश्यक सुरक्षाको बन्दोवस्त गरेर मात्र काम गर्ने कसम खाएका छन ।
त्यस अवसरमा प्राधिकरणका गौशाला शाखाका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले कार्यालयमा भरपुर मात्रामा सुरक्षा सामग्री रहेकोले सबैले अनिवार्य रुपमा सामग्रीको प्रयोग गरि काम गर्नुपर्ने आवश्यकमाथि जोड दिएका छन् । प्रमुख सिंहले यहाँ ३ हजारको हाराहारीमा जीर्ण एवम पुराना बिजुलीको पोलहरु रहेकोले अबको २ वर्षका अवधिमा हरेक पोलहरु फेरिने धारणा राखेका छन ।
त्यस्तै १५ सय विपन्न परिवारलाई विद्युत मिटर चाँडै नै निःशुल्क रुपमा वितरण गरिने धारणा राखेका छन । कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले कतिपय स्थानमा जीर्ण पोल र तारहरुलाई समयमै व्यवस्थित गर्न सके दुर्घटना हुनबाट जोगिने भन्दै सचेत गराएका छन् ।
गौशाला शाखामा १२५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।