ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
जाजरकोट - जाजरकोटको रग्दाबाट दल्लीतिर आउँदै गरेको ग १ ज ५२१८ नम्बरको जीप नलगाड नगरपालिकाको-९, दारिमपाटा नजिकैको गुयाभिरमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ की लक्ष्मी नेपालीका ४ वर्षका छोरा विवेक नेपालीको घटनास्थलमै ज्यान गएकाे र अरु ६ जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।
घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइते हुनेमा मृतक नेपालीकी आमा २३ वर्षीया लक्ष्मी नेपाली , नलगाड नगरपालिका-९ का चालक २२ वर्षीय राजेन्द्र वि.क, नलगाड-१० का तेज बहादुर वि .क., नलगाड-११ का १७ वर्षीय दुर्गेश बानियाँ र १६ वर्षीय खीमा बानियाँ तथा नलगाड-१ का ११ वर्षीय भरत परियार रहेका छन् ।
घाइतेमध्ये तेज बहादुर वि.क र राजेन्द्र वि.क गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको र थप उपचार गर्न आवश्य परेको खण्डमा नेपालगञ्ज रिफर गरिने जानकारी दिनुभयो ।
जाजरकोट-डोल्पा सडकखण्डको नलगाड दारिमपाटा सडकबाट करिब ४५ मिटर तल खसेको स्थानीय प्रकाश भण्डारीले जानकारी दिनुभयो । प्रहरी चौकी पनि टाढा भएकोले स्थानीय बासिन्दाहरु पुगेर घाइतेहरुकाे उद्धार गरी थप उपचारका लागि दल्ली पठाएका थिए ।
दुर्घटनाको प्रारम्भिक अनुसन्धानवाट पुरानो र मर्मत नगरिएको गाडी भएकोले ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको र थप अनुुसन्धान भैरहकेो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।