सर्वाेच्चको आदेशले हेमन्तप्रकाश वलीलाई थुनामा राख्न बाटाे खुल्याे

 चैत २७, २०७५ बुधबार १९:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ को बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको हो । योसँगै वलीलाई थुनामा राख्न प्रहरीलाई बाटो खुलेको छ ।

गएको चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

वलीले नख्खु बम विस्फोट घटनाको जिम्मा लिएका थिए । उनीसहित नौ जनालाई प्रहरी संगठित अपराधअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया