नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
अन्तरीक्ष विज्ञानमा विशेष चासो राख्नेहरुका लागि 'ब्ल्याक होल' (कालो छिद्र) सधैं कौतुहलको विषय बन्दै आएको छ । यद्दपि अहिलेसम्म यसलाई कसैले पनि देखेको छैन । वैज्ञानिकहरुले भने पहिलो पटक 'ब्ल्याक होल'को तस्बिर खिच्न सफल भएको दाबी गरेका छन् ।
वैज्ञानिकहरुले यसलाई ठूलो उपलब्धि मान्दै ‘ब्रेक थ्रू’ भनेका छन् । विश्वभरको आठ वटा रेडियो टेलिस्कोपको समूहले ब्ल्याक होलको तस्बिर खिच्न मद्दत गरेको हो ।
वैज्ञानिकहरुका अनुसार, यो एक ऐतिहासिक घडी हो र यसले ब्रह्माण्डको रहस्यका बारेमा थाहा पाउने तरिकामा क्रान्तिकारी परिवर्तन आउनेछ । सार्वजनिक भएको तस्बिरमा ग्यास र धुलो देख्न सकिन्छ ।
वैज्ञानिकहरुले जुन ब्ल्याक होलको तस्बिर लिएका छन्, त्यो पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको छ । सैद्धान्तिक रुपमा ब्ल्याक होल यस्तो ब्रह्माण्डीय जाल हो, जसबाट कुनै पनि भौतिक वस्तु पार गर्न सक्दैनन् । यसलाई देख्न पनि सकिँदैन ।
सामान्य सापेक्षताका अनुसार, ब्ल्याक होल यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण क्षेत्र निकै शक्तिशाली हुन्छ । यसको आकर्षणबाट प्रकाश मात्र नभई केही पनि बच्न सक्दैन ।
किन भनिन्छ ब्ल्याक होल ?
यसमाथि पर्ने सबै प्रकाशलाई अवशोष गर्ने (सोस्ने) हुँदा यसलाई ब्ल्याक होल भनिएको हो । यसमाथि पर्ने कुनै प्रकाश प्रतिबिम्बित हुँदैन ।
ब्ल्याक होलमा निकै गुरुत्वाकर्षण शक्ति
यूरोपीय अन्तरिक्ष एजेन्सीका खगोलविद् तथा ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले ब्ल्याक होलमा धेरै मात्रामा गुरुत्वाकर्षणको शक्ति रहेको बताएका छन् । जसका कारण ताराहरु २० वर्ष लगाएर यसको परिक्रमा गर्दछन् । हाम्रो सौर्य प्रणालीमा आकाशगङ्गाको परिक्रमा गर्न २३ करोड वर्ष लाग्छ ।
५० वर्षदेखि केही चम्किलोपना देखिएको थियाे’
यूरोपीयन अन्तरीक्ष एजेन्सीका खगोलविद् तथा ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले पछिल्लो ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरुले आकाशगङ्गाको केन्द्रमा केही बहुत चम्किलोपना देखेको बताएका छन् ।
ऐतिहासिक घटना
वैज्ञानिकहरुले यसलाई ऐतिहासिक घटना मानेका छन् । यो घटनाले ब्रह्माण्डको रहस्यका बारेमा थाहा पाउने तरिकामा क्रन्तिकारी परिवर्तन आउने वैज्ञानिकहरुले स्वीकार गरेका छन् ।
के देखिन्छ तस्बिरमा ?
ब्ल्याक होलको पहिलो तस्बिर बुधबार सार्वजनिक भएको थियो । तस्बिरकोबीच भागमा कालो रंगको छिद्र छ, जसलाई ब्ल्याक होल भनिएको छ । तस्बिरको बाहिरी घेरामा पहेँलो रङ्ग देखिन्छ । टाढाबाट हेर्दा पहेँलो रङ्गको कुनै हिस्सा घट–बढ भइरहेको देख्न सकिन्छ । तस्बिरको पृष्ठभूमिमा कालो रङ्ग देखिएको छ, जसलाई अन्तरीक्ष भएको बताइएको छ ।
रहस्यमय चीज मध्ये एक ब्ल्याक होल
इभेन्ट होरिजन टेलिस्कोप प्रोजेक्टका निर्देशक तथा हार्वर्ड यूनिभर्सिटीका वरिष्ठ शोधकर्ता शेफर्ड डोलेमनले भने, ‘ब्ल्याक होललाई ब्रह्माण्डको सबैभन्दा रहस्यमय चीजमा सामेल गरिएको छ । अहिलेसम्म अदृश्य रहँदै आएको चीजलाई हामीले देखेका छौं ।’
यसरी खिचियो तस्बिर
यो ऐतिहासिक तस्बिरलाई इभेन्ट होरिजन टेलिस्कोपको माध्यमबाट खिचिएको थियो । यो अन्टार्टिकादेखि स्पेन र चिलीसम्म विश्वभर फैलिएको ८ वटा रेडियो टेलिस्कोपको नेटवर्क हो । यसका लागि २ सयभन्दा बढी वैज्ञानिकहरु खटिएको थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।