प्रदेश सरकारले दिने बिदामा प्रदेशभित्र रहेका संघीय कार्यालयमा पनि बिदा

 चैत २८, २०७५ बिहीबार १४:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबदेखि प्रदेश सरकारले घोषणा गरेका बिदाहरुमा संघीय सरकारअन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ । 

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रदेश सरकारले दिएको बिदाको दिन प्रदेशभित्र रहेका सबै सरकारी कार्यालयमा बिदा हुने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले एउटै प्रदेशमा कुनै कार्यालय खुल्ने र बन्द हुने गर्दा मुख्यमन्त्रीहरुबाटै गुनासो आएको बताउँदै त्यसलाई सम्बोधन गर्न पनि सरकारले यस्तो निर्णय गरेको बताउनुभयो । 

उपत्यकाको हकमा भने संघीय कार्यालयमा बिदा दिने नदिने विषयमा भने गृह मन्त्रालयले निर्णय गर्ने  मन्त्री बाँस्कोटाले बताउनुभयो । 

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुने मन्त्री बाँस्कोटाले बताउनुभयो ।


 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया