कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।
सरकारले यसअघि नै बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा रोक लगाइसकेको बताउँदै उहाँले नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार त्यहाँको जग्गा यसअघि नै सरकारले किनबेचमा रोक्का लगाइसकेको पनि बताउनुभयो ।
नक्कली कागजातका आधारमा झुक्याएर जग्गा बेच्नेलाई कारबाहीको दायरामा ल्याएर त्यसबाट पीडित बनेकालाई क्षतिपूर्ति भराउने पनि उहाँले बताउनुभयो ।
जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलको पनि नाम जोडिएको छ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले उहाँ जग्गा किनेर ठगीमा पर्नुभएको बताउनुभयो । कसैले झुक्याएर जग्गा बेचेकाले उहाँले क्षतिपूर्ति पाउनु पर्ने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।
‘उहाँ आफै फर्जी काममा संलग्न हुनुभएको होइन कसैको जग्गा किनेको भनिसक्नुभएकाले उहाँ आफै ठगीमा पर्नु भएको हो’, प्रवक्ता शर्माले भन्नुभयो । बाँस्कोटाले भन्नुभयो, ‘उहाँले किनेको जग्गा नक्कली परेछ, ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन, उहाँले त क्षतिपूर्ति पाउनुपर्छ ।'
त्यहाँको जग्गा अन्य सर्वसाधारण व्यक्तिहरुले पनि किनेको र उनीहरु पनि ठगीमा परेको उहाँले बताउनुभयो ।
‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे उहाँ पनि कारबाहीको दायरामा पर्नुहुन्छ’, बाँस्कोटाले भन्नुभयो, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’
सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएकाले यसमा कुनै पनि बहानामा कसैलाई छुट नदिने उहाँले प्रष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
amrit kshetri
April 11, 2019, 4:42 p.m.बिष्णु पौडेल घाँस खानी त होईनन होला पक्कै पनि, नक्कलि र सक्कलि लालपुर्जा नचिन्ने त्यती लठेब्रो जस्तो पनि लाग्दैन । सर्व साधारण जनता को जग्गा किनबेच मा त बकाइदा मालपोत बाट नक्सा छुट्ट्याएर लालपुर्जा हेरेर जग्गा कर तिरेको नतिरेको सबै बुझेर अनि मात्र नामसारी गरिन्छ, सरकार मा हुने हरु लाई छुट्टै नियम भए अलग कुरा नत्र दोश आफु माथि आउन लाग्यो भनेर जे बोले पनि हुन्छ भन्ने लागेको हो कि कसो ? स्मरण रहोस उनि हरु जस्तो सबै जनता घाँस खाने नहोलान ।