कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – सर्वोच्च अदालतले दुई वर्षअघि नियुक्त ८० जना न्यायाधीशमाथि प्रश्न उठाई दायर रिट खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजालसले नियुक्ति कानुनसम्मत नै देखिएको ठहर गर्दै रिट खारेज गरेको हो ।
रिट खारेज भएसँगै उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशले अब यथावत रुपमा काम गर्न पाउने छन् ।
२०७३ पुसमा न्याय परिषद्ले ८० जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो ।
यो नियुक्तिप्रति असन्तुष्ट नायव महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेलसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।