च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिँदैन । दैनिक हिन्दुस्तान खबरका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ ।
तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध पनि सामेल भएको छ । अखबारहरुका अनुसार, पाकिस्तानमा अहिले दूध प्रतिलिटर १ सय २० देखि १ सय ८० सम्ममा बिक्री भइरहेको छ ।
कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर २३ रुपैयाँले बढाएको हो । एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो ।
पाकिस्तानमा पाँच वर्षयता महङ्गीको दर अहिलेसम्मकै उच्च अर्थात् ९.४१ प्रतिशत पुगेको छ । यो महङ्गी सन् २०१४ पछिकै सर्वाधिक उच्च हो । गएको मार्चमा मात्र महङ्गी पहिलो महिनाको तुलनामा १.४२ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।