प्रहरीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न कानुन बनाइने

 असार १५, २०७५ शुक्रबार १२:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न आवश्यक ऐन बनाउने भएको छ ।
 
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संघीयता अनुरुप नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक बनाउन र सशस्त्र प्रहरी बलको गठन सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाउने निर्णय गरेको कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ्गले जानकारी दिनुभयो ।

बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउन कानून बनाउने सैद्धान्तिक सहमति पनि दिएको छ । बैठकले माथिल्लो त्रिसुली बी जलविद्युत् आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको मन्त्री तामाङ्गले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया