ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
दशकौंदेखि बलिउडमा आफ्नो पहिचान बनाएर राज गरिरहेका स्टार कलाकारहरुको अहिले भने आफ्नो कम्फर्ट जोनबाट मोह भंग भएको छ ।
अभिनेता आमिर खान, सलमान खान, अजय देवगन, शाहरुख खानदेखि अभिनेत्रीहरु दीपिका पादुकोण, अनुष्का शर्मा, कंगना रनावत, तापसी पन्नु, भूमि पेडनेकर लगायत आफ्नो वास्तविक उमेर बाहेकका अनी आम मानिसहरुको भूमिकालाई पर्दामा उतारिरहेका छन् ।
अभिनेता सलमान खान फिल्म ‘भारत’ मा एक वृद्ध व्यक्तिको भूमिकामा देखिनेछन् । अजय देवगनले पनि ‘गोलमाल रिटर्न्स’ मा ४९ वर्षीयको भूमिका परिणीति चोपडाका साथ निर्वाह गरे । उनको आगामी फिल्म ‘दे दे प्यार दे’ ५० वर्षको उमेरको व्यक्तिको भूमिकामा देखिँदैछन् ।
यस अघि अनुष्का शर्माले ‘सुई–धागा’ मा ग्ल्यामरभन्दा फरक एक साधारण गृहिणी महिलाको भूमिका निर्वाह गरिन । अभिनेता शाहरुख खानले फिल्म ‘जिरो’ मा एक पुड्का व्यक्तिको भूमिका निर्वाह गरे ।
बलिउड स्टारहरुमध्ये आमिर खानले सबैभन्दा पहिले कम्फर्ट जोनलाई तोडेका हुन् । आमिर खानको ‘गजिनी’ मा गरेको भूमिका, ‘तारे जमिन पर’, ‘पिके’ मा निर्वाह गरेको भूमिका एक आम नायकले गर्ने भूमिकाभन्दा फरक छ । बलिउडका पर्फेक्सनिष्ट आमिर खानले फिल्म ‘दंगल’ मा एक वृद्ध पिताको भूमिका निर्वाह गरिसकेका छन् । साथै उनको अब आउने फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा पनि एक मन्द बुद्धि भएको व्यक्तिको भूमिका निर्वाह गर्दैछन् ।
यस कुरामा अभिनेत्रीहरु पनि कम छैनन् । अभिनेत्री तापसी पन्नु र भूमि पेडनेकर फिल्म ‘साँड की आँख’ मा आफ्नो करियरको युवा अवस्थामा पनि ६० वर्ष पूरा गरेका हजुरआमाको भूमिका गरिरहेका छन् । तर यो कुरा केही वर्ष अघि भने थिएन ।
पहिले कलकारहरुको उमेरलाई लुकाइन्थ्यो । अभिनेताहरु आफ्नो वास्तविक उमेर लुकाएर कलेज उमेरको युवाको भूमिका लामो समयसम्म गर्थे । आफ्नो रोमान्टिक इमेजलाई बुढेसकालसम्म कायम राख्ने कोशिश गर्थे ।
अभिनेत्रीहरु ग्ल्यामरस भूमिकाभन्दा फरक भूमिका गर्न चाहँदैनथे । तर अहिले त्यो ट्रेण्ड परिवर्तन भएको छ । साथै दर्शकहरुले समेत आफ्ना मनपर्ने कलाकारले निर्वाह गरेको नयाँ अवतारलाई स्वीकार गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।