माइतीघरबाट विवेकशील साझा पार्टीका स‌ंयाेजक उज्ज्वल थापासहित १० जना पक्राउ

 असार १६, २०७५ शनिबार १४:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । 

सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले संयोजक थापासहित १० जनालाई पक्राउ गरेको हो । 

उनीहरुले अभिव्यक्ति स्वन्त्रताको रक्षा गर, नागरिक अधिकार जिन्दावाद भन्दै नारा लगाउन सुरु गर्नेबित्तिकै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार्यकर्तालाई पक्राउ गरेपछि विवेकशील साझाका अर्का संयोजक रवीन्द्र मिश्रले शान्तिपूर्ण प्रर्दशनमा गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले निर्णय फिर्ता नगरे माइतीघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिनुभयो ।

सरकारले २०७४ चैत ३० गते काठमाडौँको माइतीघर मण्डला, शान्ति बाटिका लगायत ठाउँमा सभा, सम्मेलन, भेला, जुलुस, प्रर्दशन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो । 

विवेकशील साझाका मिलन पाण्डेकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया