ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै- विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधिभर फरक–फरक चलचित्र हेर्ने व्यवस्था छ । तर यस्ता उडानमा नेपाली चलचित्र हेर्ने व्यवस्था अझसम्म पाइएको थिएन । अब भने अन्तर्राष्ट्रिय उडानका समयमा नेपाली चलचित्र हेर्ने व्यवस्था पनि मिलाइने भएको छ ।
अब भने यूएईको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्ने भएको छ । नेपालफ्लिक्सले यूएईको एयरलाइन्सँग उडानको बेला नेपाली चलचित्र प्रदर्शन गर्नेगरी सहमति गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र प्रदर्शनको सुरुवात अभिनेता विपिन कार्कीले अभिनय गरेको चलचित्र ‘हरि’ बाट गर्न लागिएको बताइएको छ ।
अहिलेसम्म एयरलाइन्सको नाम नखुलाइएको भए पनि काठमाण्डौ र विश्वका विभिन्न देशबाट उक्त एयरलाइन्समा उडान भर्दा दर्शकले ‘हरि’ चलचित्र हेर्न पाउने छन् ।
अनलाइनबाट स–शुल्क चलचित्र हेर्ने सहज प्लेटफर्म नेपालफ्लिक्सले ‘हरि’ पछि अन्य चलचित्रहरु पनि त्यस एयरलाइन्सबाट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । यसका लागि एयरलाइन्सका प्रतिनिधिसँग थप सम्झौता गरी कुरा अघि बढाइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।