इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल ख...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाडौं – धापासीमा रहेको ग्राण्डी अस्पतालमा अवतरणका क्रममा रहेको हेलिकप्टर दुर्घटनामा परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट आएको हेलिकप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दिउँसो दुर्घटनामा परेको हो । सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो ।
डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको पोखरेलले बताउनुभयो । हेलिकोप्टर माथिल्लो तलाबाट एक तला मुनी खसेको थियो । दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट हेलिकप्टर निकाल्ने प्रयास भइरहेको छ ।
हेलिकप्टरमा पाइलट हरेराम थापा मात्रै रहेको र उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।