चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
बर्दीया – सुनमा मिसावट गरेको आरोपमा बर्दियामा १४ जना व्यवसायी पक्राउ परेका छन् । शनिबार बेलुकी अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालयको टोलीले सुनमा ८ प्रतिशतसम्म अरु धातु मिसावट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विजयलक्ष्मी सुनार, सन्तोषी सोनी, इश्वरकुमार विश्वकर्मा, भिमबहादुर सेञ्चुरी, कविराम विक, भगवान शरण सोनी, परशुराम सुनार, र निमप्रकाश सुनार छन् । यस्तै, यमलाल विश्वकर्मा, इन्द्रमान सुनार, सिता सुनार, त्रिभुवन सुवर्णकारm शिवबहादुर सुनार र संगिता सुनारलाई सुनमा मिसावट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाहीको लागि पक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।