च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
जुम्ला – अनसनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
जिल्ला खेलकुद विकास समितिको खुला कवर्डहलमा अनसनमा रहेका डाक्टर केसी कम बोल्ने हुुनुभएको हो । डाक्टर केसीको मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् ।
डाक्टर केसीको रक्तचाप, नाडि र स्वासप्रश्वास भने ठीक भएको तर अनसनको अवस्थामा कतिबेला के हुन्छ, भन्न नसकिने डाक्टर धिरज गुरुङले बताउनुभयो । अनसन स्थल पनि स्वास्थ्यको दृष्टिकोणले ठीक नभएको चिकित्सकहरुले बताएका छन् । अनसनस्थल सिमेन्टको कोठा, बत्तिविहीन तथा आवश्यक उपचारका पूर्वाधारहरु नभएकाले समस्या हुने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित आफ्नो १५ आैँ अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रोजेका डाक्टर केसी असार १५ गते जुम्ला आउने वित्तिकै स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनसन निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रतिष्ठानमा अनसन रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका केसीले प्रहरी कार्यालयबाटै अनसनको घोषणा गरेपछि प्रहरीले तत्काल रिहा गरी जिल्ला खेलकुद विकास समितिको हलमा पुर्याएको थियो ।
कवर्डहल भित्रै उहाँले शनिबार औपचारिक रुपमा अनसन सुरु गर्नुभएको छ । कवर्डहलमा उहाँका अवस्था खराब हुने भएकाले अनसनस्थल अस्पताल नै हुनुपर्ने स्थानीयहरुको पनि माग छ ।
केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रविण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको चिकित्सको टोली उपचारमा खटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
पुस्कर कोइराला
July 1, 2018, 11:30 a.m.सरकार धेरै ठाउँ छन् त मनपरी गर्नलाई , किन जनताको स्वास्थ्यसंग नै इर्श्या गर्छौं . हैन भने जनताले 'केसी केसी' भन्दा उनैलाई किन थुन्छौ /