उपराष्ट्रपति पुन ‘ग्रीन हाउस’ मा सरे

 वैशाख १८, २०७६ बुधबार १६:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबारदेखि नयाँ निवासमा सर्नुभएको छ । उपराष्ट्रपति पुन गैह्रीधाराको सरकारी निवासबाट लैनचौरको नयाँ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा सर्नुभएको हो । 

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति पुन नयाँ भवनमा सर्नुभएको हो । मन्त्रिपरिषद्को गएको भदौ २१ गते बसेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति नयाँ भवनमा सर्नुभएको हो । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिन पछि मात्रै सर्नेछ । 

उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा थियो भने अब एकै स्थानमा हुनेछ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया