कालीगण्डकी कोरिडोरको बाग्लुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले एक वर्षमा इतिहासमा कहिल्यै हुन नसकेकाे काम गरेको दाबी पनि गर्नु भयो ।
मञ्चमासँगै रहनु भएका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गर्नु भयो ।
राम्रो काम गरिरहेका बेला खुशी हुनुपर्नेमा राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । राम्रो काम गरिरहेका बेला खुशी हुनुपर्नेमा राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्दा जनताले के भन्छन ? भनि विचार गर्न पनि आलोचकहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाइमा पुर्याइएको दाबी गर्नुहुँदै वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलवभत्ता दिने सरकारको निर्णय मजदुर वर्गका लागि अकल्पनीय उपलब्धि भएको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले मजदुरहरुको पक्षमा सरकारले गरेको निर्णय वर्णन गरिरहन नपर्ने भन्दै सरकार, व्यवसायी र मजदुरहरु एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।