चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्र...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफनो पार्टी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उपसभापति निधिले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुटाे प्रचार गरिरहेको दाबी पनि गर्नुभयो । उपसभापति निधिले देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याएजसरी प्रधानमन्त्री केपी ओलीले झुटो प्रचार गरेको भन्दै आपत्ति पनि जनाउनु भयो ।
उपसभापति निधिले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।