चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्र...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई नेता महतोको प्रश्न थियाे : उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी देशको समृद्धि हुन्छ ? बुधबार १ सय ३० औंँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले बहुराष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने नेता महतोको भनाइ छ ।
नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिँदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले विदेशी लगानी भित्र्याएर देशमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।