च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारमा सहभागी हुन गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाउँदै सदनमा जवाफ माग गरेको छ ।
संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी प्रवृतिको अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदनमा मन्त्रीको जवाफ माग गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई मन्त्री तामाङले सरकारमा आउनका लागि गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाउनुभएको हो ।
संविधान कार्यान्यन गर्ने चरणमा रहेको सरकारका जिम्मेवार मन्त्रीले सदनलाई प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने गरी संसदीय मूल्य मान्यता विरुद्धको अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा जवाफ माग गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलको सहयोग लिएर अघि बढ्नुपर्नेमा प्रतिपक्षी दलको सहयोग नलिने दृष्टिकोणबाट कानुनमन्त्रीको भनाई आएको भन्दै उहाँले भन्नुभयो “ संविधान कार्यान्वयनक लागि अझै ३५ वटा भन्दा बढी कानुन पास गर्नुपर्छ । त्यो कानुन पास गर्नका लागि संसदको आवश्यकता त पर्ला ? प्रमुख प्रतिपक्षी दलको आवश्यकता त पर्ला ? कहिँ कतै संविधानको ति विषय वस्तुलाई कार्यान्वय नगर्ने नियत त होइन ?”
उहाँले कांग्रेस संसद छोडेर बाहिर नजाने चेतावनीसमेत दिनुभयो ।
मन्त्री तामाङले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसले संवैधानिक निकायमा अंशबण्डा खोजेको तथा भागण्डा खोज्ने भए सरकारमा सहभागी हुन आउनु भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।