च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थागित भएको छ । संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने सूचनामा जनाइएको छ ।
चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा अध्यादेशमा भएका प्रावधान परिवर्तन गरिएको भन्दै मुख्य विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि संसद बैठक नै रोकिएको हो । शुक्रबार संसद सचिवालयमा दर्ता भएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको थियो ।
नियम निलम्बन गरेरै भए पनि विधेयकलाई आजै पास गर्ने तयारी सत्तापक्षले गरे पनि त्यो विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएको छ ।
विधेयकमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन कडाइ नगर्ने, काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न दिने, मेडिकल कलेजका लागि आफ्नै अस्पताल नचाहिने, सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था हटाइने लगायतका प्रावधान राखिएको छ ।
अघिल्लो सरकारले ल्याएको अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नदिने, सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था अनिवार्य गर्नेलगायत उल्लेख थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।