लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ ।
विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बन्द गरिने भएकाे छ ।
ओडिशा सरकारले प्रभावित क्षेत्रका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । तीमध्ये ५२४ जना गर्भवती महिला रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गञ्जम जिल्लाबाट मात्रै ३ मानिसलाई सारिएको छ । त्यस्तै पुरीबाट १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
विभिन्न शेल्टरमा रहेका मानिसहरुलाई खानाको व्यवस्था गर्न ५ हजारभन्दा बढी भान्छाहरु सञ्चालन गरिएको छ ।
देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।