संघीयता धान्न प्रदेश सरकारलाई गाह्रो हुन सक्छ: अर्थमन्त्री बोहरा

 वैशाख २०, २०७६ शुक्रबार १६:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजस्व संकलनमा केन्द्र सरकार लचिलो नबने संघीयता धान्न प्रदेश सरकारलाई गाह्रो हुने बताउनुभएकाे छ ।

शुक्रबार प्रेस क्लब धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले यस्ताे बताउनुभएको हो । चालु आर्थिक वर्षमा आफूहरुले १ अर्ब ३० करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ८० करोड रकममात्र राजस्व संकलन गर्न सक्ने उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले नीहित स्वार्थभन्दा जनताको सेवामा लागे मात्र संघीयता सफलहुने नत्रसंघियता नै असफलबन्न सक्ने उनको भनाइ छ । यस बर्ष कानुनअभावकाकारण न्यूनमात्रामाबजेट खर्चभएको भन्दै मन्त्रीबोहराले आउदो बर्ष अपेक्षितमात्रामा बजेटको खर्च हुने बताउनुभयो ।

अघिल्लाे वर्ष आएको २५ अर्ब ६ करोड रकममा प्रदेश सरकारको ९ महिनामा१५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च गर्न सकेको छ । तर, भौतिक प्रगति भने त्यसको दोब्बर भएको मन्त्रीले बताउनुभयो । वर्षको अन्त्यसम्म ६० प्रतिशत पूँजीगत बजेट खर्च हुने प्रदेश सरकारको अनुमानरहेको छ ।

अर्थमन्त्री बोहराले भन्नुभयाे, ‘यो अनुमान प्रारम्भिक हो, पूँजीगत बजेट यो भन्दा बढि हुन सक्छ।’

आउँदाे वर्ष २०७६-७७को बजेटका लागि प्रदेश सरकारले तयारी र छलफल थालिसकेको मन्त्री बोहराले बताउनुभयाे । कानुन र कर्मचारी अभावका कारण यो वर्ष आर्थिक प्रगति गर्न नसकेको भन्दै उहाँले आउँदो वर्ष भने अपेक्षित रुपमा आर्थिक प्रगति हुने बताउनुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया