नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय किसान आयोगले आज आफ्नो आठौं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले किसानका हितमा काम गरिरहेको बताउनुभयो । उहाँले अहिले मुख्य चुनौती कृषि उत्पादनमा प्रयोग हुने विषादी र यसको असर रहेको बताउनुभयो । किसानले विषादीको प्रयोग गरी उत्पादन गर्ने तर त्यही उत्पादन बेचेर नपुग्ने धनराशि स्वास्थ्य उपचारमा खर्चिनुपर्ने अवस्था जटिल रहेको मन्त्री अधिकारीको भनाइ छ ।
कार्यक्रममा आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले किसानका धेरै अधिकार कानूनी, प्राविधिक र अन्य हिसाबले उल्लेख भएका तर ती अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले किसानको हित, सुरक्षा र अधिकार कार्यान्वयनका लागि किसान र किसानका संघ–संगठनमा एकता हुनुपर्नेमा जोड दिनुभयो ।
आयोगले आठौं स्थापना दिवसको अवसरमा किसान हकहित र सामाजिक सुरक्षा विषयक विचार गोष्ठी गरेको हो । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवर्द्धन गर्न तथा कृषिसम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसारलाई किसानमैत्री बनाउने आयोगको मुख्य उद्देश्य छ ।
२०७३ साल माघ ६ को निर्णयानुसार जारी राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेशानुसार राष्ट्रिय किसान आयोग गठन भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।