गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गर्नुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको भन्दै सरकारको सह्राना गर्नुभएको हो ।
उहाँले प्रसव पीडामा छटपटिएकी सुत्केरीको उद्धार होस् वा हावाहुरीबाट प्रभावित बारा पर्साका पीडितहरुको लागि होस् सरकार तदारुकताका साथ उपस्थित भएको बताउनुभयो । नागरिकका घर दैलोमा नै सरकार पुगेको आभास दिलाउन कुनै कसर सरकारले बाँकी नराखेको भन्दै उहाँले यस्तो कार्यलाई अझै तीव्र बनाउन आग्रह गर्नुभयो ।
सरकारले लिएको आर्थिक नीतिको कार्यान्वयन उत्साहजनक रुपमा भइरहेको भन्दै उहाँले यसले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने आधार तय भएको पनि बताउनुभयो । पछिल्ला दुई वर्षमा ६ प्रतिशत र यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएकाले यसको आधार तय भएको हो ।
अहिले स्टिमर चल्न थालेको भन्दै उहाँले अब छिट्टै समुन्द्रमा नेपालको झण्डासहितको पानी जहाज चल्ने कार्य अघि बढेको, आफ्नै स्याटेलाइटमार्फत आवश्यक सूचना संकलनको सुरुवात हुनुले सरकारले लिएका सोचहरु सार्थक हुँदै गएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tul Rana magar
May 3, 2019, 5:26 p.m.कैलालीको चुरे गाउँ पालिका ४ बतेगाड़ामा पनि झोलुंगे पुल आवश्यक परेको छ / पुला नहुँदा बतेगाडाका बिद्यार्थीहरु असार देखि भदौ महिनासम्म स्कूल छुटाउनु परेको छ, अनि अस्पताल , बजार जन पनि निस्कन समस्या परेको छ / पुलको लागि वडामा र गाउँ पालिकामा कुरा गरेको थिएँ / तर आफ्नो पहुँच नपुग्दा अझै सम्म पनि पुल बन्न सकेको छैन सरकार /